पोखरा, असार २३
गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले न्यौपानेलाई उपकुलपतीमा नियुक्त गरेको हो । कुलपतीमा नियुक्त न्यौपानेले लोक साहित्यमा विद्यावारिधी गरेका छन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापकसमेत हुन् । पैयूँ पर्वत स्थायी घर भएका उनी हाल पोखरा बस्दै आएका छन् ।
प्रतिष्ठानको उपकुलपतीमा शंकर विरही गुरुङ नियुक्त भएका छन् । स्याङ्जा घर भई पोखरा बस्दै आएका उनी लोकदोहोरी गायक तथा रचनाकार हुन् ।
प्रतिष्ठानको सदस्य सचिवमा भने मनकुमार श्रेष्ठ नियुक्त भएका छन् । प्रतिष्ठानका संस्थापक सदस्य सचिव श्रेष्ठलाई नै गण्डकी सरकारले पुनः सोहि पदमा नियुक्त गरेको हो । भानु ८ तनहुँ घर भएका श्रेष्ठ पनि हाल पोखरालाई नै कर्मथलो बनाएर बस्दै आएका छन् ।
प्रदेश सरकारले प्रतिष्ठानको प्राज्ञ सदस्यहरुमा रामभक्त जोजिजु, अनुराग अधिकारी, ईन्द्रमान खत्री, प्रा.डा.ईश्वरचन्द्र वाग्ले, कमलप्रसाद पौडेल (अथक), कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भुपेन्द्र बानिया, रामजीप्रसाद पौडेल, वसन्त अधिकारी, डा.बिरेन्द्र पुडासैनी, शान्ता बास्तोला, सञ्जु महतो थनेत र हरिमाया श्रेष्ठलाई मनोनयन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार २३ गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भएका छन्…






