पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छन् । संघकी वर्तमान महासचिव गौतमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
संघको महाधिवेशन आगामी भदौ २० र २१ गते हुँदैछ । संघको ३६औ ंमहाधिवेशनमा अध्यक्षमा उठ्ने गौतमले विहीबार घोषणा गरिन् । हालसम्म महिला अध्यक्ष नभएको संघमा गौतमलाई अध्यक्ष भएर ईतिहास रच्ने मौका छ । वर्तमान महासचिव गौतम संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिव बनेकी हुन् । उनले यसअघि देखि नै अध्यक्ष उठ्ने बताउँदै आएकी थिईन् ।
महासचिव गौतमले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आवश्यकता भएकाले आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताईन् । आफूले संघको लागि सम्पूर्ण जीवन र शक्ति प्रयोग गरेको बताउँदै आफूलाई छोरी, चेलीका रुपमा हेरेर जिताउने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले अध्यक्षको उम्मेदवारी दिईरहँदा आफ्नो एजेण्डा पनि घोषणा गर्ने तर त्यो केहि समयपछि घोषणा गर्ने उनले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






