नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी दिईन् । वरिष्ठ पत्रकार एवं फोनिज गण्डकीका सल्लाहकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देबिका तामाङ रहेका थिए ।
उक्त पुरस्कार यही असार २९ गते सोमबार प्रदान गरिदैछ ।कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका पत्रकार हितानमगर २०४१ सालमा परिस्थिती साप्ताहिक काठमाडौँबाट पत्रकारिता गर्दै अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आर्दश समाज दैनिक पत्रिका हुदै हाल फेवा पोष्ट साप्ताहिकमा क्रियाशिल छन् । उनी तत्कालिन आदिवासी जनजाति पत्रकार संघ (अनिज) को संस्थापक अध्यक्ष समेत हुन् । त्यस्तै कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित हुन लगेकी पत्रकार गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आवद्ध रही पत्रकारिता गरिरहेकी छिन् ।
कास्कीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई फोनिज कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






