पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् ।
कलेजको बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन मार्फत दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा केन्द्रित भएर नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए । त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पोरेसनको विद्युतिय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने सीप सिकेको कलेजको प्राचार्य लीना नेगी श्रेष्ठले बताईन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको अनुभव विद्यार्थी कमल पुनले सुनाए ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन्
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






