पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो । किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ ।
महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ, वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई÷दुई र वडा नं १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तारलाई तीव्र…





