पाटनवेंशी टोल विकाश संस्थामा बराल, जेष्ठ नागरिक सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०८३ मा प्रकाशित




पोखरा १३ मा रहेको पाटनवेंशी टोल विकाश संस्थाको अध्यक्षमा रवि बराल चयन भएका छन् ।

संस्थाको सम्पन्न सातौं अधिवेशनले बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा भीम के.सी, उपाध्यक्षमा रामचन्द्र बराल, सचिवमा सन्तोष लामिछाने, सहसचिवमा पवित्रा आचार्य गौतम तथा कोषाध्यक्षमा भीमबहादुर थापा मगर चुनिएका छन् । सदस्यमा क्या . मीनबहादुर गुरुङ, सु.भीमबहादुर रानाभाट, सोमलाल दाहाल, रुद्रमान गुरुङ, शान्ती तामाङ, तेजबहादुर सुनार, सीता भुजेल, कल्पना सापकोटा र प्रतिभा भण्डारी चयन भए ।अधिवेशन सम्पन्न गर्न दामोदर बरालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा शिरोमणी बराल, सुरेन्द्र अधिकारी, नरेन्द्र प्रसाद अधिकारी, सूर्यनाथ बराल, शिब भट्टराई र शोभाकान्त सिग्देल सदस्य रहेका थिए ।

यस अघि अधिवेशनको उद्‌घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष किरण बरालले टोलभित्र हुने विकाश निर्माणका कार्यमा वडा कार्यालय संधै साथमा रहेर सहकार्य गर्दै आएको बताए । उनले पाटनवेंशी बहुउद्देश्यीय भवन निर्माणमा विरोध र षडयन्त्र भएपनि योजना सफल भएको स्मरण गरे । अध्यक्ष बरालले वडाबाट धेरै शिर्षकमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै, आवश्यकताका आधारमा विकाश निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा ८० वर्ष पुगेका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै टोल सदस्यका छोरा छोरी मध्ये २०८१ सालदेखि हालसम्म कक्षा १२ उतीर्ण भएका १५ जनालाई सम्मानित गरिएको थियो ।संस्थाका अध्यक्ष रवि बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रजनी परियार, पत्रकार श्रीराम सिग्देल, ताराकुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सीपल रविमोहन बराल, संस्थाकी पूर्व अध्यक्ष टिकादेवी पराजुली बराल, सल्लाहकार दामोदर बराल, सिर्जनामा समर्पित आमा समुहकी अध्यक्ष साबित्री पौडेल बराल, विजय गंगा आमा समुहकी अध्यक्ष शान्ती तामाङ्ग, दुधपोखरी टोल विकासका सचिव प्रकाश सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाद्वारा निर्माण गरिएको पाटनवेंशी बहुउद्देश्यीय भवन निर्माणको आय ब्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो । निर्माण समितिका अध्यक्ष भीम के.सी तथा कोषाध्यक्ष सावित्री शर्माले झण्डै ९१ लाखको लागतमा पक्की भवन निर्माण गरिएको तथा ९० लाख रुपयाँ आम्दानी गर्न सफल भएको जानकारी दिए । उपाध्यक्ष रामचन्द्र बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव पवित्रा आचार्य गौतमले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।