हेमजा साहित्य प्रतिष्ठानले प्रदान गर्ने राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् ।
प्रतिष्ठानले पहिलो पटक सो पुरस्कार प्रदान गर्न लागेको बताईएको छ । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको हो । समितिले पुरस्कारका लागि बिम्ब कवि श्रेष्ठको नाम सिफरिस गरेको थियो । बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् । लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार दशक आफूलाई समर्पित गराएका उनका दर्जन चर्चित कविता कृति प्रकाशित छन् । वाङ्मय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभवसमेत छ । उनी यस अघि दर्जन बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान, पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।पुरस्कारको राशी नगद १५ हजारसहित सम्मानपत्र रहेको छ ।
यसैगरी, संस्थाद्वारा सञ्चालित शुभप्रभात काव्यमाला पुरस्कार गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरिने भएको छ । संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र डिल्लीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई संस्थाको बैठकले अनुमोदन गरेको हो । प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्ने शुभप्रभात काव्यमाला र प्रतिष्ठानका कार्यक्रममा सारङ्गीको धुनसहितको गायनले प्रतिष्ठानका गतिविधि सफल पार्न पु¥याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको जनाइएको छ ।

दुवै पुरस्कार संस्थाको स्थापना दिवसको अवसरमा यही साउन ८ गते अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार,…





