पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म संचालित सटल बस सेवा बन्द नभएको स्पष्ट पारेको छ ।
नगर प्रमुख धनराज आचार्यले सामाजिक संजाल फेसबुक मार्फत असार मसान्तसम्म निशुल्क सेवा दिईरहेका बसहरु साउन १ गतेदेखि सशुल्क संचालनमा रहेको बताएका छन् । यसअघि पोखरा महानगरपालिका र पोखरा यातायात प्रालि बीच असार मसान्तसम्म निःशुल्क रुपमा सटल बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । नगर प्रमुख आचार्यले भने ‘निशुल्क सेवा सशुल्कमा परिणत मात्रै भएको हो, सेवा स्थगित भएको छैन ।’ हाल विमानस्थलबाट ननस्टप सशुल्क सटल बस सेवा नियमित रूपमा सञ्चालनमा रहेको उनले बताए । यस सेवाका लागि आयात गरिएका नयाँ बसहरू नयाँ भन्सार तथा कर दर लागू भएका कारण हाल जाँचपास प्रक्रियामा रहेका बताउँदै आचार्यले ती बसहरू सञ्चालनमा आउन केही समय लाग्ने भएकाले, हालका लागि पोखरा बस सञ्चालक समितिसँग रहेका स्तरीय बसमार्फत सेवा निरन्तर सञ्चालन गरिएको छ।
सटल बस सेवा फिर्ता भयो वा बन्द भयो भन्ने समाचार तथा सूचनाप्रति ध्यानाकर्षण भएको पनि महानगरले जनाएको छ । यस्ता समाचारहरू तथ्यपरक नभएको पनि स्पष्ट पारेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव…





