पोखरामा ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाईकल नियन्त्रणमा


     एभरेस्ट आवाज    
     श्रावण ७ गते २०८३ मा प्रकाशित




कास्की प्रहरीले अप्रेशन ३६५ अभियानलाई निरन्तरता दिएको छ ।

अभियान अन्तर्गत चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरी चलाएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । गएराती पोखराका बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवार्ही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए । गएराती वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, ड्यामसाईड, बिरौटा, छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाईकल र बगरबाट खटिएको टोलीले बाग्लुङ बसपार्क, हरिचोक क्षेत्रबाट ७ वटा मोटर।साईकल नियन्त्रणमा लिएको प्रवक्ता पासवानले बताए ।

अभियान अन्तर्गत हालसम्म ७ सय ४० वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवार्ही गरिएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।