पोखरामा हायस गाडीको ठक्करबाट एक युवाको ज्यान गएको छ ।
पोखरा १५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस गाडीले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति १९ वर्षीय एक युवकको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा १५, टुटुङ्गाका सौगात भन्ने लोकबहादुर गुरूङको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई राती नै नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





