पोखराकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूलाई स्वागतसहित सम्मान गरेको छ ।
विद्यालयको अवलोकन भ्रमणमा नेदरल्याण्ड्सबाट आएका कक्षा ११ र १२ का ९ जना विद्यार्थीलाई विद्यालयले बिहीबार एक कार्यक्रमका बिच स्वागत गरेको हो । भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा विशेष चासो व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ‘सीआईओएस नेदरल्याण्ड्स’का नृत्य शिक्षक मारियल इगेन, जील भुट्ससहित विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेदरल्याण्ड्सको टोली दोस्रो पटक विद्यालयको अवलोकन भ्रमणमा आएको जानकारी दिँदै नेपालको कला, संस्कृति, पर्यटन र विद्यालयले अवलम्बन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पठन संस्कृतिका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा अध्यक्ष पालिखेले विद्यालयमा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुनुका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन भइरहेको जानकारी गराए ।समुद्र सतहभन्दा मुनि रहेको देश नेदरल्याण्ड्सले गरेको विकासबाट संसार चकित भइरहेको उल्लेख गर्दै उनले नेपालसँगको शैक्षिक तथा सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । सो क्रममा उनले संसारको सर्वोच्च शिखर सगरमाथा र विद्यालयमा स्थापना गरिएको कला सङ्ग्रहालयको समेत चर्चा गरे । नेदरल्याण्ड्सबाट आएकी शिक्षिका जीलले नेपाल भ्रमण र कुमुदिनी होम्सले दिएको आतिथ्यता सधैं स्मरणयोग्य रहने बताईन् ।

कार्यक्रममा नेदरल्याण्ड्सको टोली र कुमुदिनीका निर्देशक कुशल पालिखेले एकापसमा राष्ट्रिय झण्डा आदानप्रदान गरेका थिए । सो अवसरमा कुमुदिनीका विद्यार्थीहरूले कौरा तथा लाखे नृत्य र नेदरल्याण्ड्सका विद्यार्थीले आफ्नो सांस्कृतिक नृत्य पनि प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन विद्यालयका सह(प्राचार्य मुकेशकुमार अधिकारीले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





