गण्डकी, साउन ७
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रुपमा विकास गरिने बताएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौंस्थित सितापाईला घाटको व्यवस्थापनमा तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि आज आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले सेतीनदी किनारमा धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । दृढ इच्छा शक्ति, इमान्दारिता र पारदर्शिताका साथ सञ्चालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उनले विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहको वताए ।
पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासंगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महानगरले विशेष ध्यान दिएको जानकारी गराउँदै उनले धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा वाह्रय पर्यटकको बसाई अवधि वढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनको विश्वास थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले सितापाईला घाटको व्यवस्थापन सम्पन्न भएसंगै सेतीनदीमा स्नान गर्न आउने भक्तजन तथा अन्त्येष्टि कार्यका लागि शवदाह गर्न आउने परिवारलाई थप सुविधा पुग्ने बताउँदै धार्मिक आस्था, संस्कार र संस्कृतिसंग जोडिएका यस्ता स्थलको संरक्षण र व्यवस्थित विकासलाई महानगरको प्राथमिकतामा रहेको बताईन् ।
पोखरा महानगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तिको सहयोगमा कूल ५१ लख ७९ हजार रुपैयाको लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको कार्यक्रमा सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका कोषाध्यक्ष लेखनाथ चालिसेले जानकारी दिए ।
उनका अनुसार विकास निर्माणका लागि पोखरा महानगरपालिकाले २७ लाख ८६ हजार ८१२ र विभिन्न संघसंस्था तथा व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैया सहयोग प्राप्त भएको थियो ।
सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका अध्यक्ष लोकराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिवराम भण्डारी, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी नगेन्द्र गुरुङ, विक्रम भण्डारी लगायतले बाटो निर्माणसंगै सेतीनदी किनारामा रहेको करिव ५० रोपनी सार्वजनिक जग्गालाई यातायातसंग जोडिएको हुँदा प्राचिन ढुडगेसाघु मेलाको व्यवस्थापनमा गर्नुपर्ने आवश्यकता औल्याए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





