अबैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्ने स्काभेटरसहित टिपरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा २६ विजयपुरमा अवैध रुपमा माटो उत्खनन कार्यमा संलग्न १ थान स्काभेटर र ३ थान टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । स्वीकृति बिना माटो उत्खनन भईरहेको भन्ने गोप्य सुचना पछि प्रहरी टोली सो स्थानमा पुगेको थियो । टोलीले माटो खन्ने कार्यमा संलग्न ग १ क ३७८८ नम्बरको स्काभेटर र माटो लोड गरिरहेका ग १ ख ७७६६ नम्बरको टिपर,बा १ क ८१७७ नम्बरको टिपर र लु १ ख २९२० नम्बरको टिपरलाई नियन्त्रणमा लिईएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले बताए ।
उनका अनुसार नियन्त्रणमा लिईएका स्काभेटर र टिपरलाई आवश्यक कारवार्हीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको छ । ति सवारी साधनका धनीबाट ७५ हजार रुपैयाँ जरिवाना असुल गरी छाडिएको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







