लायन्स क्लब अफ लेखनाथले आफ्नो २८औँ सदस्यता प्रवेश तथा पदस्थापना समारोह सम्पन्न गरेको छ।
कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्नुका साथै वर्ष २०२६÷०२७ का लागि निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापनासमेत गरिएको थियो। वर्ष २०२५÷०२६ का अध्यक्ष लायन्स बोधराज लामिछानेले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनले नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंलाई अध्यक्षीय पद, जिम्मेवारी तथा क्लबको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन्स राजन लम्सालले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स अभियानले विश्वव्यापी रूपमा प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अझ सुदृढ बनाउन सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राखिने बताए। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्लबले सञ्चालन गरेको ‘पढाऔँ अभियान’ मार्फत अल्फा एकेडेमीमा अध्ययनरत छात्रा सविन वराललाई रु. ५ हजार नगद सहयोग प्रदान गरिएको थियो। यसैगरी धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ओमकारेश्वर शिव मन्दिरलाई रु. ११ हजार नगद सहयोग प्रदान गरिएको थियो।
समारोहमा पीएमसीसी लायन मनबहादुर रोक्का, डिष्ट्रिक्ट गभर्नर लायन्स सूर्यबहादुर केसी, लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, संस्थाका पूर्वअध्यक्ष लायन्स शैलेन्द्रमोहन भट्टराई, लायन्स मेजर रामप्रसाद गुरुङलगायत वक्ताले लायन्स क्लबले समाजको आवश्यकता र समयको मागअनुसार आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव लायन्स केदारनाथ लामिछानेले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको प्रस्याङमा रहेको ओएसिस टुरिजम इन्टरनेशनलले बिभिन्न प्रलोभनमा पारेर ३० जनालाई ठगी…





