भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८३ मा प्रकाशित




लमजुङको रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, लमजुङले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक भानु घाँसी संवाद पार्कमा रहेको सालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँ घर भई हाल लमजुङमा बस्दै आएका २४ वर्षीय कुँवर पक्राउ परेका हुन् ।

निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।