पोखरामा आयोजित दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट करिब ८ लाख रुपैयाँ बचत भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाख ३१ गते आयोजना गरेको सो अवार्ड कार्यक्रमबाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मञ्चले सार्वजनिक गरेको विवरण अनुसार कार्यक्रमबाट ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएकोमा २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको मञ्चले जनाएको छ । खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ।
त्यस्तै, खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो। सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।
मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






