रेडक्रस कास्कीद्वारा रक्त अभियानमा सघाउने ४५ जनालाई सम्मान


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित




नेपाल रेडक्रस सोसाइटी, कास्कीले व्यक्तिगत तथा संस्थागत गरी ४५ जनालाई सम्मान गरेको छ ।

६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसर पारी पोखरामा विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने २५ जना व्यक्ति र २० वटा संस्थालाई संस्थागत रुपमा सम्मान प्रदान गरेको हो।सम्मानित हुनेमा रेडक्रसकर्मि धर्मराज अधिकारी,अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ,बलराम अधिकारी, सृजन ओम श्रेष्ठ,सञ्जय किशोर बास्तोला,दुर्गाप्रसाद गोरासैनी,प्रकाश पौडेल,रामप्रसाद खनाल,उपेन्द्र अधिकारी,नवराज घिमिरे,सोमेलाल श्रेष्ठ,दिपक गोदार,सुब्बा शाक्य ,वीरेन्द्र बहादुर थापा ,सुजित श्रेष्ठ,किशोर बराल,डाल्डा देवी भुजेल,यादब प्रसाद तिमिल्सिना,रमेश बहादुर कार्की,प्रेमबहादुर क्षेत्री,पुष्पा उदास,सन्तोष सुनार ,विष्णु प्रसाद अधिकारी,कल्पना थापा र श्रीधर आचार्य छन् ।

त्यस्तै संस्थागत तर्फ तनहुँको लायन्स क्लब अफ शुक्ला गण्डकी, मदरल्याण्ड माध्यमिक विद्यालय, नेरेसो पोखरा १५ उपशाखा, लायन्स क्लब अफ पोखरा फेस्टेल सिटी, जुरेसो रेन्बो एकेडेमी होम्स्, ब्रह्माकुमारी ईश्वरी विश्व विश्वविद्यालय, गुरुङ गहना घर तथा राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा सम्मानित भए । पोखरा १५ का वडा सदस्य आशिष भण्डारीलाई पनि विशेष योगदानको कदर गर्दै संस्थागत सम्मान गरिएको रेडक्रसले जनाएको छ ।यसैगरी, सामाजिक उत्तरदायित्व र स्वयंसेवी भावनाका साथ रेडक्रसको अभियानमा हातेमालो गर्ने द आर्ट अफ लिभिङ, कालिका सेकेण्डरी स्कूल, राष्ट्रिय युवा संघ नेपाल, नेपाल बीमा प्राधिकरण, बागलुङ समाज पोखरा, कदममार्ग टोल विकास संस्था, नेपाल एस।बि।आई। बैंक, नेपाल विद्युत प्राधिकरण, लायन्स क्लब अफ मर्दी हिमाल तथा शान्तीदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटलाई पनि सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले उनीहरुलाई सम्मान गरे ।कार्यक्रम ८५ औं पटक रक्तदान गरेका रक्त अभियन्ता तथा पत्रकार कृष्ण बहादुर थापालाई व्लड ब्याग हस्तान्तरण गरेर सुरु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पाण्डेले रेडक्रसको अभियानमा प्रदेश सरकार सँगै रहेको बताए । उनले सरकारको तर्फबाट गर्न सकिने सहयोग हुनेमा विश्वास गर्न अनुरोध गरे । सातै प्रदेशमध्ये गण्डकी प्रदेशले जोखिममा परेका जो कसैको ज्यान जोगाउन रेडक्रस मार्फत रगत निशुल्क वितरण भइरहेको बताए । सो अवसरमा सम्मानित व्यक्तित्व नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा व्यवसायी धर्मराज अधिकारी, निवर्तमान अध्यक्ष डण्डराज शर्मा, डोलराज पाण्डे, ब्रम्ह कुमारी दिदी शोभा, सोभियत बहादुर अधिकारी, योगेन्द्र केसी, पोखरा वडा नम्बर १७ की अध्यक्ष राधीका कुमारी शाही लगायतले रेडक्रसले गरेका मानविय सेवाका बारेमा चर्चा गरेका थिए ।

सोसाईटीका कास्की सभापति उर्मिला खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्त्री सन्तोष अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।