कास्की प्रहरीले लागु औंषधको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय, रामबजार र लागू औषध नियन्त्रण व्यूरोबाट खट्टिएको टोलीले भोजपुर घर भई पोखरा १४ बस्ने ३३ बर्षका मनोज कुमार मग्राती र हाल पोखरा मिलनटोल बस्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका घर भएका बिश्वास पुनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद २ लाख ८१ हजार ५०० रुपैयाँ र २३ ग्राम ९३ मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिए । उनीहरुबाट कारोवारका लागि सम्पर्क गर्न प्रयोग गरिने ४ थान मोवाईल सेट पनि बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय लागु औषध नियन्त्रणमा कास्की प्रहरी र लागू औषध नियन्त्रण व्यूरो सक्रिय भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






