विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मनाए,गुरुपूर्णिमा


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित




पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।

गुरुपूर्णिमाका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा आफुलाई असल संस्कार र शिक्षा दिने गुरुहरुलाई विद्यार्थीले उपहार प्रदान गरी सम्मान गरेका हुन् । विद्यालयको साँस्कृतिक समूहद्वारा आयोजना गरिएको कार्यक्रमको सुरुवात सरस्वती वन्दनाबाट गरिएको कार्यक्रम संयोजक उपासना रेग्मीले जानकारी दिईन् । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गुरुको ज्ञान, अनुशासन र नैतिक शिक्षाले विद्यार्थीको जीवन र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, सबैलाई गुरुजनप्रति सदैव सम्मान र कृतज्ञता व्यक्त गर्न आग्रह गरे ।

सो अवसरमा विद्यार्थीहरूले गुरुको महत्वका विषयमा रचना गरेका गीत,कविता वाचन गरेका थिए । समूहका एस्थर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यार्थीद्वय अंकिता पौडेल र विनायक गिरीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।