सुनसरी घटनालाई लिएर मधेश प्रदेशका बिभिन्न जिल्लामा प्रदर्शन चर्कदै गएका छन् ।
सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शन थप चर्किएको हो । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई दिउँसो चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।
प्रदर्शनमा उत्रिएका युवाहरुले आगजनी र तोडफोड गर्न थालेपछि, मधेशको सिरहा र जनकपुरमा कर्फ्यू आदेश जारी गरिएको छ । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको जनाईएको छ।कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबैको सहयोगको अपेक्षा गरेका छन्।

त्यस्तै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले पनि जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान…





