ट्याक्सी र स्कुटर ठोक्किदा पोखरामा एक किशोरको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित




पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ ।

पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ग १ ज ९९३ नम्बरको ट्याक्सी र ग १५ प ५०५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका हुन्। कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।