पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रमाइलो मेला कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै विविध मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिसहितको मेला आयोजना गरेको हो । मेलामा आयोजित बिभिन्न खेलकुद, सिर्जनात्मक कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यालयमा उत्साहपूर्ण र सकारात्मक शैक्षिक वातावरण सिर्जना गरेको बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले मनोरञ्जनसँगै सिकाइ, सिर्जनशीलता र सहकार्यको अनुभव प्राप्त गरेका थिए ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ ।कार्यक्रममा विद्यार्थीसहित अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





