सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिए । उनले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले सञ्चारिका समूह गण्डकी प्रदेशसँगको सहकार्यमा पत्रकारहरूका लागि यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्त खुसी लागेको बताईन् । उनले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सञ्चारिका समूहसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्
सञ्चारिका समुह गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका बीच पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको कार्यक्रम फलदायी भएको बताईन् । प्रशिक्षणका क्रममा सहभागीहरूलाई ध्यान अभ्यास गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यवस्थापन, आत्मिक सशक्तीकरण तथा व्यवसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।कार्यक्रमले पत्रकारहरूबीच मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सकारात्मक सोच, आत्मिक शान्ति र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गरेकी थिईन् । कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





