पोखरामा स्थापना भएको स्किल ब्रिज एकेडेमीले शिक्षकहरूलाई एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ ।
तीन दिनसम्म संचालन भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा शिक्षकहरूका लागि सिकाइ सहजीकरणमा आवश्यक विभिन्न एआई टुलहरू र आइसिटीसम्बन्धी बिषय समावेश गरिएको थियो ।प्रशिक्षकहरू केआर ढकाल, खेमराज पौडेल र रुपिन्द्र प्रभावीले तालिमको सहजीकरण गरेका थिए । तालिममा करिब १ हजार जना शिक्षकहरु सहभागी भएको एकेडेमीकी अध्यक्ष कमला श्रेष्ठले जानकारी दिईन् ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा एकेडेमीका सञ्चालक समितिका सदस्य प्रेमनारायण ढकालले निकट भविष्यमै एकेडेमीले विभिन्न तालिम आयोजना गर्ने जानकारी दिए । एकेडेमीले शिक्षकको क्षमता विकासका लागि अनलाइन तथा अफलाइन मोडमा तालिम सञ्चालन, उद्घोषण तथा भाषणकला तालिम, डिजिटल सामग्री उत्पादन, विभिन्न पुस्तक प्रकाशनलगायतका उद्देश्य राखेको अर्की सदस्य ईश्वरी चुवाईँले जानकारी दिइन् ।
एकेडेमीले गुरुपूर्णिमाको अवसर पारेर सेवा सुरु गरेको थियो । सो संस्थाको उद्घाटन शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख प्रकाश देवकोटाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज…





