मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८३ मा प्रकाशित




पोखरामा संचालन भएको १५ दिने आधारभूत मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा भएको प्रशिक्षणमा त्यस क्षेत्रका २५ जनाको सहभागीता रहेको समितिका अध्यक्ष खर्कबहादुर थापामगरले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष एवं मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले यस्ता प्रशिक्षणले मगर भाषाको संरक्षण र उत्थानमा महत्वपूर्ण टेवा पुग्ने बताए । प्रशिक्षणका क्रममा सिकेका कुरालाई बोलचाल र अभ्यासमा ल्याउन आग्रह गर्दै उनले घरपरिवारमा नबोलेसम्म मगर भाषाको संरक्षण हुन नसक्ने बताए । इकाई समितिका संस्थापक अध्यक्ष तिलबहादुर सारूमगरले मगर भाषा हराउँदै जान थालेको अवस्थामा भाषा प्रशिक्षण सञ्चालन गरेर इकाईले उल्लेखनीय कार्य गरेको बताए।

इकाईका सल्लाहकार मोहनीलाल थापामगरले लोपोन्मुख मगर भाषाको संरक्षणका लागि हरेक मगर बस्तीमा भाषा प्रशिक्षण चलाउनु जरुरी रहेको जनाए ।नेपाल मगर संघ, संगम इकाई समितिका अध्यक्ष खर्कबहादुर थापामगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष भीमा थापामगर र सहसचिव सीता आलेमगरले पनि बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।