पोखरा ।
पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा श्रावण १८ देखि भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमीसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार श्रीमदवीतकको पहिलो दिन साउन १८ गते शोभायात्रा तथा कलश यात्राको आयोजना गरिने छ । शोभायात्रा पश्चात पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
एक महिना सम्म सञ्चालन हुने उक्त कार्यक्रममा प्रमुख वाचक साधक राज रसिक महाराजले प्रवचन प्रदान गर्नेछन । श्रीमदवीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउने कार्यक्रम संयोजक पण्डित लिलाम्बर सापकोटाले वताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





