सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ ।
आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ । उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए ।
उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले अर्धबार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।…





