हिमालय क्लवको अर्धबार्षिक कार्यक्रम सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित




पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले अर्धबार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

बाटुलेचौरमा स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले भाद्र देखि पुस महिनासम्म संचालन गर्ने कार्यक्रम र जिम्मेवारी तोकेको छ । उसले भाद्र २५ गते आयोजना गर्ने हरितालिका तीज शुभकामना आदानप्रदान, एकल महिला सहयोग, पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार वितरण तथा मानविय सेवा अक्षयकोष सहयोग वितरण कार्यक्रमका लागि लक्ष्मी पौडेललाई संयोजक तोकेको छ । असोज ३ गते पुष्पराज अधिकारीको संयोजकत्वमा हिमालय योग साधना केन्द्रका योग साधकहरूका लागि १ दिने धार्मिक भ्रमण, २५ गते खगेन्द्र थापाको संयोजकत्वमा विजयादशमी शुभकामना दौड कार्यक्रम संचालन गर्ने क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए ।

त्यस्तै कार्तिक १४ गते प्रकाश थापाको संयोजकत्वमा बृहत् रक्तदान कार्यक्रम, मंसिर १९ र २० गते सुशील बस्नेतको संयोजकत्वमा अवलोकन भ्रमण, पौष ११ गते रामशरण बाँनियाको संयोजकत्वमा अम्मरदीप जेष्ठ नागरिक केन्द्रका जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरिने बताईएको छ । क्लवले योमरी पूर्णीमाका दिन दुर्गालाल श्रेष्ठको संयोजकत्वमा योमरी विशेष कार्यक्रम र पछि मिति तय गर्ने गरी शिवराज देवकोटाको संयोजकत्वमा स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने जनाएको छ ।

क्लवका अध्यक्ष मोहन थापाले बार्षिक रुपमा गरिदैं आएका यस्ता कार्यक्रमलाई थप व्यवस्थित बनाउन अर्ध बार्षिक रुपमै योजना बनाएर जिम्मेवारी दिईएको बताए । २९ बर्ष अघि स्थापना भएको सो संस्थाले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा केन्द्रित भएर कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।