पोखरा, साउन १८
मानव सेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ बाट ३ करोड बढी बचत गर्न सफल भएको छ । पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रमको भवन निर्माणार्थ गत बैशाखमा आयोजित महायज्ञमा ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत गर्न सफल भएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
महायज्ञबाट कुल ३ करोड ८१ लाख ७१ ह्जार ७ सय ७१ रुपैयाँ संकलन भएको थियो । जसमध्य ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ खर्च भएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए । महायज्ञमा २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ नगद प्राप्त भएको जनाइएको छ । जसमा महायज्ञमा १ करोड ४२ लाख ५ हजार ९ सय ८६ रुपैयाँ नगद नै दान गरेको, ६० लाख ५५ हजार ३ सय ५६ रुपैयाँको चेक प्राप्त भएको र क्यूआरमार्फत २२ लाख १७ हजार ८ सय २१ रुपैयाँ प्राप्त भएको संयोजक शाहीले बताए ।
महायज्ञमा १ करोड ४४ लाख ४० हजार कबूल भएको जनाइएको छ । जसमा १ करोड ९ लाख ३९ हजार १ सय ७९ रुपैयाँ व्यक्तिगत प्रतिबद्धता आएको, २ लाख ८८ हजार ३ सय ४२ रुपैयाँ संस्थागत प्रतिबद्धता र स्थानिय तहहरुले ३२ लाख १३ हजार ३ सय ३३ रुपैयाँ प्रतिबद्धता जनाएको संयोजक शाहीले जानकारी दिए । त्यसबाहेक ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ बराबरको जिन्सी सामान प्राप्त भएको जनाइएको छ ।
त्यस्तै, दान पेटिकामा ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, गोप्य दानबाट ११ हजार ६ सय १० रुपैयाँ र व्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ प्राप्त भएको पनि उनले जानकारी दिए ।
खर्चतर्फ खाद्यान्न, भान्सा तथा उपभोग्य सामग्रीमा १८ लाख ५८ हजार ७६ रुपैयाँ, प्रचार–प्रसार तथा छपाइमा १९ लाख ३ हजार ९ सय ४४ रुपैयाँ, कलाकार तथा पण्डित व्यवस्थापनमा २ लाख ९४ हजार ४० रुपैयाँ, पुजा तथा स्वागत खर्चमा ३ लाख ३ हजार ८ सय ८३ रुपैयाँ, इन्धनमा २ लाख ४१ हजार ८ सय ७४ रुपैयाँ, विद्युत्, खानेपानी तथा सरसफाइमा १ लाख १७ हजार ७ सय ३१ रुपैयाँ, कार्यक्रम खर्च ८ लाख ३२ हजार रुपैयाँ, ज्याला, यातायात तथा ढुवानीमा ५ लाख ९५ हजार १ सय ३८ रुपैयाँ, टेन्ट भाडा तथा साउण्ड सिस्टममा १५ लाख १२ हजार ५ सय ८७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
महायज्ञबाट बचत भएको रकम पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रमको भवन निर्माणार्थ खर्च गरिने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । महायज्ञ भवन निर्माणसँगै लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्न गर्ने तथा आश्रम सञ्चालनका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्यले गरिएको र बचत रकम सोहि प्रयोजनार्थ खर्च गरिने उनले स्पष्ट पारे ।
पोखराको हेमजामा आमा बुबा दुबैलाई राख्नेगरी छुट्टाछुट्टै भवन निर्माण गरिदैछ । जसको ८३ प्रतिशत निर्माण सम्पन्न भइसकेको केन्द्रीय अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार हाल पोखराको छोरेपाटनमा आमाहरुलाई र हेमजामा बुबाहरुलाई आश्रय दिएर राखिदै आएको छ । हेमजामा १ सय ६२ जना बुबाहरु र छोरेपाटनमा ८३ जना आमाहरुलाई राखिएको छन् । छोरेपाटनस्थित आमाहरुसँगै ५ जना बालक र ४ जना बालिकासमेत राखिएको उनले बताए । आश्रम सञ्चालनका लागि पोखराका दुई शाखामा मात्रै प्रति महिना करीब १९ लाख खर्च हुँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
बेसहारा, असहायः, मानसिक रुपमा अस्वस्थ, बृद्धबृद्धा तथा सहयोगापेक्षी व्यक्तिहरुको उद्धार, संरक्षण, उपचार, पुर्नस्थापना र पारिवारिक पुनर्मिलन गराउने उद्धेश्यले २०६९ सालमा मकवानपुरको हेटौंडाबाट शुरु भएको मानव सेवा आश्रमले हाल सातै प्रदेशका २१ जिल्लाबाट ३४ सेवा आश्रममार्फत सेवा प्रदान गर्दै आएको छ । जहाँ २ हजार ३ सय ७२ जना आश्रित रहेका छन् । आश्रममा उनीहरुलाई सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार, मानसिक परामर्श दिईनुका साथै आवश्यक पुर्नस्थापनाका लागि पहल गर्दै आएको छ ।
संस्थाले हालसम्म करीब १४ हजार जना सडकआश्रितको उद्धार गरिसकेको बताईन्छ । जसमध्य ५ हजार ८ सय ६१ जना पारिवारिक पुनर्मिलन भएर घर फर्किएका छन् भने १ हजार ८१ जना सामुदायिक पुर्नस्थापना भएको जनाइएको छ । आश्रममा पुगेकामध्ये १ हजार ७ सय ५६ जनाको निधन भइसकेको उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको…





