पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको छ ।
जीनव ज्योती शान्ति सहारा केन्द्र नामक सामाजिक संस्थाले विद्यालयमा गठित स्काउटका विद्यार्थीलाई पोशाक वितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा सदस्य दुर्गादेवी बस्नेत,केन्द्रका प्रमुख अन्जान तमाङ र उपप्रमुख लक्ष्मी तमाङले स्काउटमा आवद्ध २४ जना विद्यार्थीलाई पोशाक वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य बस्नेतले स्काउट जस्तो पवित्र संस्थामा आवद्ध हुनु नै सेवाको भावना भएको बताईन् । उनले समाजलाई थप सहयोगी बनाउन नवगठित स्काउट क्लवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
केन्द्रका प्रमुख तमाङले यस क्षेत्रमा ख्याती कमाएको सामुदायिक विद्यालयसँग सहकार्य गर्न पाउँदा केन्द्र नै गर्विलो बनेको बताए । विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले आगामी दिनमा यस्तै पनि केन्द्रबाट यस्तै रचनात्मक र सृजनात्मक सहयोगको अपेच्छा गरेको बताए । प्रधानाध्यापक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी साजन नेपालीले स्काउट गठनले विद्यार्थीमा थप उत्साह थपिएको बताउँदै, संस्थाको नियम र परिधिभित्र रहेर सेवामुलक कार्य गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको संचालन स्काउट शिक्षक शिव प्रसाद पौडेलले गरेका थिए ।
यसैबिच विद्यालयले विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रूपमा अर्जुन अधिकारी तथा शिक्षक–अभिभावक सङ्घको शिक्षक प्रतिनिधिको रूपमा शिव प्रसाद पौडेललाई चयन गरेको जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको…





