नियम उल्लंघन गर्ने ९ विद्यालयका सवारी चालक कारबाहीमा


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८३ मा प्रकाशित




पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले आज बिहान गरेको विशेष चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार कारबाहीमा पर्नेमा करुणनिधि एजुकेशन फाउण्डेसन,प्राइम मन्टेश्वरी,सगरमाथा बोर्डिङ स्कुल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई ट्रफिक नियमानुसार कारबाही गरिएको छ । त्यस्तै आमा एकेडेमी, विन्ध्येश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ ।

सोमबार मात्रै ३ वटा विद्यालयका ६ वटा सवारीलाई कारबाही भएको थियो ।कारबाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय र मातहतका इकाइहरुबाट स्कुलका सवारीलाई लक्षित गरी चेकजाँचलाई निरन्तरता दिईएको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।