बिगत एक सातादेखि देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ ।
राजधानी काठमाण्डौंमा मात्र नभई पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास अभाव भएपछि उपभोक्ता दिनभर ग्यासको खोजीमा लाईन बस्न बाध्य भएका छन् । बिभिन्न स्थानका डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन कुर्दा पनि सिलिन्डर ग्यास पाउँन नसकेको गुनासो गरेका छन् । पोखराका बिभिन्न ठाउँमा पनि आज बिहानै देखि उपभोक्ताहरु डिलर अगाडी घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् । पोखराको प्रस्र्याङ, रत्नचोकसहितका मुख्य स्थानमा बिहानै देखि लामो लाईन देखिएको छ ।ग्याँस नपाउँदा खाना पकाउनै समस्यामा परेको उपभोक्ताले गुनासो गरेका छन् ।
आवश्यक मात्रामा ग्यास नपाउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ भने कतिपयले खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउनुपरेको अवस्था छ ।बजारमा देखिएको असहज अवस्थाले घरायसी उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन् । यद्यपि, नेपाल आयल निगम र मन्त्रालयले भने बजारमा एलपी ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ ।
खुलेआम कालोबजारी बढ्दा नियामक निकायले नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी आलोचना बढेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको…





