जिल्ला समन्वय समितिको निवन्धमा सक्षम अधिकारी उत्कृष्ट


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०८३ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अवसरमा निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ।

कास्कीका विभिन्न विद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीहरूले सहभागीता जनाएको प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी प्रथम,सृजना मा विका आयुष पौडेल द्वितीय ,रेन्बो एकेडेमी होम्सका एन्जि भुजेल तृतीय र विन्ध्येश्वरी मा. वि पोखरा १९ तल्लाकोटका एलिया अधिकारीले सान्त्वना स्थान प्राप्त गरे।विजयी विद्यार्थीलार्इ जिसस कास्कीका प्रमुख लिलाधर पौडेल,उप प्रमुख सरिता माल , र जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनीहरुले नगद दस हजार ,सात हजार ,पाँच हजार र दुई हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

प्रतियोगितामा प्राध्यापक डा. बोधराज ढकाल, प्रदिप पौडेल र लक्षु शर्माले सहभागीको मुल्यांङ्कन गरेका थिए । यसअघि कार्यक्रममा बोल्दैं प्रमुख पौडेलले जिल्ला समन्वय समितिको काम कर्तव्यका सन्दर्भमा नेपाल सरकारले सामाजिक अध्ययन बिषयको कक्षा सातमा सो बिषय पाठ्यक्रममा समाबेश भएको प्रसङ्ग उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले विद्यार्थीको अन्तर्निहित क्षमताको प्रष्फुटनमा सहायक भुमिका खेल्ने बताए । स्थापना दिवस कार्यक्रममा जिसस कास्कीका पूर्व प्रमुख बैन बहादुर अधिकारी क्षेत्री,गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा,रेडक्रस कास्कीका सभापति उर्मिला खड्का ,नागरिक समाजका संयोजक राम बहादुर पौडेल,साविक जिविस कास्कीका सभापति पुण्य प्रसाद पौडेल , उपसभापति श्रीनाथ बराल, लेखनाथ उद्द्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, जिसस कास्कीका पूर्व उप प्रमुख सावित्री तिमिल्सिना ,नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक खड्ग हमाल ,राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष चिन बहादुर गुरुङ ,शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ,पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याललगायतले बोलेका थिए ।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।