मर्दी हिमाल पदयात्रामा निस्किएका ३ युवा सम्पर्कविहिन भएका छन् ।
पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र दिपेश गुरुङ सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ। उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।उनीहरु जंगलमा बाटो बिराएको हुन सक्ने बताईएको छ । उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमै थिए। त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन।
युवाहरु हराएको सूचना पाएपछि खोजी कार्य तीव्र पारिएको छ। भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा २ जनाको टोली परिचालन गरिएको छ। त्यस्तै प्रहरी चौकी घान्द्रुकबाट पनि प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा २ जनाको टोली खटिएको बताईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको…





