पोखरामा भएको अण्डर ट्वान्टी पुरुष भलिवलको उपाधी पोखरा युनाईटेड एकेडेमीले उचालेको छ ।
घान्द्रुक ब्रदर्शद्वारा लामाचौरको पातीघारी खेल मैदानमा संचालन भएको प्रतियोगितामा आयोजक घान्द्रुक ब्रदर्शलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाईटेडले उपाधी हात पारेको हो ।उसले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता बनेको आयोजक घान्द्रुकले नगद १२ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको सचिव संजिव सुनारले जानकारी दिए । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी पोखरा युनाईटेडका निशान नेपाली,उत्कृष्ट सेटर पोखरा युनाइटेडकै विपिन विक,उत्कृष्ट स्पाईकर घान्द्रुक ब्रदर्शका प्रविन हमाल, उत्कृष्ट मिडल व्लकर घान्द्रुक ब्रदर्शका समिर सुनार र उत्कृष्ट लिब्रोमा पोखरा युनाईटेडका कुशल क्षेत्री भए ।
उत्कृष्ट टिम र खेलाडीलाई आईवा एजुकेशन कन्सल्टेन्सीका संचालक वीरबहादुर राना, अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा सदस्य खिमप्रसाद नेपाली, संस्थाका अध्यक्ष रविन हमाल, पत्रकार बिराज शर्मालगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले भलिवल खेलको विकासमा स्थानीय संघ संस्थाको भुमिका महत्वपुर्ण रहेको बताउँदै, यस्ता कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्न सुझाव दिए । घान्दु्रक ब्रदर्शका अध्यक्ष रविन हमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य खिमप्रसाद नेपाली, पत्रकार बिराज शर्मालगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन सचिव संजिव सुनारले गरेका थिए । ५ दिनसम्म संचालन भएको प्रतियोगितामा ३७ टिमले सहभागिता जनाएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मर्दी हिमाल पदयात्रामा सम्पर्कविहीन भएका तीन जना युवाको सकुशल उद्धार गरिएको छ…





