पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको सरुवा भएको छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार अर्याललाई काजमा काठमाण्डौं पठाईएको हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरबाट बिदा भएका थिए ।अर्यालले गतवर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद्ले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरेको हो । सोही सरुवा अन्तर्गत अर्याल परेका हुन् ।
यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिव महेश चन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार के।सीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






