पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहभागी प्रतियोगितामा मार्कोनी सदनका प्रशन्ना पराजुली, एलिना थापा, सम्पदा थापा र एलिजा खड्काको समूह प्रथम भएको छ भने रोेजित सापकोटा, युनिक बार्तैला, क्रिपा भण्डरी र अभिनम गिरी रहेको ग्यालिलियो सदन द्वितीय भएको छ । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक निर्दशक रमाकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलाप विद्यार्थीका लागि महत्वपूर्ण हुने बताउदै, यस्ता कार्यक्रममा मार्फत विद्यार्थीहरूलाई सधै अगाडि बढ्न सुझाव दिए । संस्थापक प्राचार्य निर्मला बरालले नेपाली भाषा कौशल जस्ता प्रतियोगिताले विद्ययार्थीहरूको भाषिक शुद्धाता, उच्चारण क्षमता र शब्दभण्डारको अभिवृद्धि गर्नमा फलदायी हुने बताईन् ।
चार विभिन्न सदनका १६ जना विद्ययार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा विद्ययालय संयोजक सुर्यप्रसाद लम्साल र शिक्षिका सुशिला पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित…






