पोखरा,२२ साउन । पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेण्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा शुक्रबार पोखरा आएको देउखुरी उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले निजी क्षेत्रमाथि आइपर्ने समस्या समाधानका निम्ति साझा अवधारणा हुनुपर्नेमा जोड दिए । देशव्यापी संरचना रहेको नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको हितका लागि नेतृत्व लिनुपर्ने बताउँदै उनले जिल्ला–नगरमा रहेका उद्योगी÷व्यवसायीहरुका समस्या केन्द्रमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका असल अभ्यासबारे भ्रमण टोलीलाई जानकारी पनि गराएका थिए ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले लुम्बिनीको प्रदेश राजधानीसमेत रहेको देउखुरी क्षेत्रमा लगानीको प्रसस्त सम्भावना रहेको र खासगरी होटल,साहसिक पर्यटनलगायतका क्षेत्रमा पोखराबाट लगानीको अपेक्षा गरेको बताए । देउखुरीबाट भारतीय सीमा ३४ किलोमिटर तथा राम जन्मभूमि अयोध्या १३४ किलोमिटर टाढा रहेको बताउँदै उनले सो बाटो हुँदै भारत तीर्थयात्रामा जानको लागि पोखरेलीलाई सहजीकरण गर्न आफू तयार रहेको पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद रहेको कार्यक्रमको संचालन महासचिव शोभा गौतमले गरेकी थिइन् भने अन्तरक्र्रिया कार्यक्रममा दुवै उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आपसी सहकार्यका विविध क्षेत्रबारे जिज्ञासा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





