पोखरा महानगरपालिका वडा नं. ५ मा आगामी भदौंको तेस्रो साता श्रीमद्भागवत महापुराण हुने भएको छ ।
स्थानीय शिवालय मन्दिर प्राङ्गणमा भदौं १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महापुराणमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न शनिबार वडा स्तरीय बृहत् आम भेला सम्पन्न भएको छ ।भेलामा सहभागीले महापुराणलाई सफल बनाउन हरेक तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रचार–प्रसार उपसमिति संयोजक लक्ष्मण बरालले जानकारी दिए । भेलामा वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउँदै, जिम्मेवारी अनुरुप भुमिका निर्वाह गर्न आग्रह गरे । प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलामा समितिका सचिव लक्ष्मणप्रसाद कोइरालाले हालसम्म ७० लाख रुपैयाँ सहयोग संकलन भएको जानकारी दिए ।
प्रचार–प्रसार उपसमितिका संयोजक लक्ष्मण बरालले सन्तानेश्वर शिव मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको र पहिलो चरणको काम असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।अर्थ समितिका संयोजक पुरुषोत्तम पराजुलीले महापुराण वडाको गौरव भएकाले सबैको हातेमालोबाट सम्पन्न गर्नुपर्ने बताए । भेलामा कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्यहरू कल्पना भुवाजी र गोविन्द पराजुलीलगायतले श्रीमद्भागवत महापुराण व्यवस्थापनका बिबिध पक्षमा धारणा राखेका थिए ।
सो अवसरमा वडाभित्रका सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्वसँगै विभिन्न आमा समूह, टोल विकास संस्था, संघ–संस्था तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको…






