पोखरा । आगामी एसियाली खेलकुदका लागि नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने भएका छन्। खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १८८ जनाको नाम सार्वजनिक भइसकेको छ। टोलीका थप २७ जनाको नाम भने सार्वजनिक भएको छैन।
टोलीमा सेभ दि मिसनका रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र डेपुटी सेभ दि मिसनमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले रहेका छन्।
खेलतर्फ कबड्डीमा सबैभन्दा धेरै २४ खेलाडी सहभागी हुनेछन्। पुरुष र महिला दुवै टोलीमा १२–१२ खेलाडी छन्। पुरुष क्रिकेटमा १५ तथा महिला भलिबलमा १२ खेलाडी रहनेछन्।
व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा धेरै ११ खेलाडी सहभागी हुनेछन्। उसुमा ८ पुरुष र ३ महिला खेलाडी छन्। डान्स एन्ड स्पोर्ट्समा भने एक पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन्।
आर्चरीमा १ पुरुष र १ महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २ पुरुष र २ महिला तथा बक्सिङमा ४ पुरुष र ३ महिला खेलाडी छन्। क्यानोईमा २ पुरुष, साइकलिङमा १ पुरुष र १ महिला तथा गल्फमा ३ पुरुष र १ महिला खेलाडी सहभागी हुनेछन्।
जुडोमा ३ पुरुष र ३ महिला, करातेमा ३ पुरुष र ५ महिला, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १ पुरुष र १ महिला, पौडीमा ३ पुरुष र २ महिला तथा टेबलटेनिसमा ३ पुरुष र ३ महिला खेलाडी छन्।
टेनिसमा ३ पुरुष र २ महिला, कुस्तीमा ४ पुरुष र २ महिला तथा तेक्वान्दोमा २ पुरुष खेलाडी सहभागी हुनेछन्। स्केटबोर्डमा पनि २ पुरुष खेलाडी रहनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






