पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् ।
विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा जमुना पौडेल, शर्मिला सुनार,देउकुमारी खनाल,शिक्षक प्रतिनिधी शरदराज सापकोटा , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराज दाहाल चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा शोभा पौडेललाई चयन गरेको छ । संघको सदस्यहरुमा गंगाा सुनार, तारा सुनार,रामबहादुर सुनार, टेक बहादुर सुनार, ज्योती पौडेल, शर्मिला सुनार, शिक्षक प्रतिनिधी सुरज अधिकारी, पदेन सदस्यमा नारायण प्रसाद अधिकारी र सदस्य सचिवमा नन्दराज दाहाल रहेका छन् ।
भेलामा बोल्दैं पुर्व मन्त्री जगतबहादुर विश्वकर्माले अग्रजहरुको ठुलो मेहनतबाट प्राप्त भएको शिक्षण संस्थालाई थप विकास गर्नुपर्नेमा जोड दिए । उनले अहिले विद्यार्थी संख्या न्युन भएपनि आगामी दिनमा बढ्ने विश्वास व्यक्त गर्दै भएका पुर्वाधारको संरक्षणमा ध्यान दिनुपर्ने बताए । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा स्थानीय सरकारले निरन्तर सहयोग गरेको बताउँदै, समितिले विद्यार्थीको आर्कषण बढाउने खालका योजना बनाउनुपर्नेमा जोड दिए ।पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले शिक्षा नियमावलीको दशौं संसोधन अनुसार समिति गठन भएको बताउँदै, शैक्षिक सुधारमा नयाँ समिति थप क्रियाशील हुने विश्वास व्यक्त गरे । व्यवस्थापन समितिका जेष्ठ सदस्य पुष्पेन्द्र पाण्डेको अध्यक्षतामा भएको भेलामा विद्यालयका पुर्व अध्यक्ष शोभामोहन पौडेल, लेखनाथ लामिछाने, बैकुण्ठ पौडेललगायतले विद्यालयको चौतर्फि विकासमा सबैसँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।
भेलामा स्वागत विद्यालयका प्रधानाध्यापक नन्दराज दाहाल र कार्यक्रम संचालन शिक्षक शरदराज सापकोटाले गरेका थिए ।एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोगमा सो विद्यालय २०४७ सालमा स्थापना भएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण…






