कागबेनी छुसाङ सडक निर्माण सुरु


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८३ मा प्रकाशित




मुस्ताङको छुसाङ कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।

बेनी जोमसोम(कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।

आयोजनाले जोमसोम(कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद रु दुई अर्ब रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।