बडहरवोट आमा समुहमा पौडेलको नेतृत्व, जेष्ठ आमाहरु सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित




पोखरा १६ स्थित बडहरवोट आमा समुहले ८० बर्ष पुरा भएका आमाहरुलाई सम्मान गरेको छ ।

समुहको २४औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनका अवसरमा पुर्व अध्यक्ष स्वर्गीय कमला तिमिल्सिनालाई मरणेप्रान्त सम्मानसहित त्यस क्षेत्रका आमाहरुलाई सम्मान गरेको हो । समुहको विकासमा योगदान पुर्याएको भन्दै समाजसेवी पुष्पराज तिमिल्सीना र लक्ष्मी तिमिल्सीना पनि सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री कुमार खड्का र वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सम्मान गरे । अधिवेशनले गीतादेवी पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति पनि चयन गरेको छ । समुहको प्रथम उपाध्यक्षमा शान्ति शर्मा, द्वितीय उपाध्यक्ष कमला तिमिल्सीना, सचिवमा लक्ष्मी तिमिल्सीना, कोषाध्यक्षमा सीता सापकोटा र सदस्यहरूमा संगिता तिमिल्सीना, मिठु देवकोटा, चन्द्रा पौडेल, देबु पौडेल ,कल्पना कार्की र अमृता के सी चयन भए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पुर्व मन्त्री खड्काले समाज रुपान्तरण र विकासमा आमा समुहको भुमिका उल्लेखनिय रहेको बताए । उनले कला, संस्कृति र सभ्यता संरक्षणमा समेत आमाहरु सक्रिय रहेको बताउँदै, नयाँ पुस्ताले समेत अग्रजहरुको भावनालाई सम्वोधन गर्नुपर्नेमा जोड दिए । वडाध्यक्ष तिमिल्सीनाले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, संस्थाले ल्याएका योजनामा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताए । कार्यवाहक अध्यक्ष गीतादेवी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामचन्द्र आचार्य, राजकुमारी बानियाँ, मञ्जु नेपाली, समाजसेवी दान बहादुर बानियाँ ,पुष्पराज तिमिल्सीना ,कृष्ण प्रसाद तिमिल्सीना, लक्ष्मी तिमिल्सीना, सालिग्राम भट्टराई, नरहरी भट्टराई, इन्दु भट्टराई लगायतले बोलेका थिए ।

अधिवेशनले वार्षिक प्रगति र आर्थिक प्रतिवेदन पारित समेत गरेको छ । समुहले आगामी वर्षका लागि विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।