हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रम पोखराको विजयपुर पोखरी गाउँमा सम्पन्न भएको छ ।
विभिन्न प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै आएको क्लबले यस पटकको ७३ औँ शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरेको हो । हाइकिङ कार्यक्रम पोखरा १३ को काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँसम्म सञ्चालन गरिएको थियो । ५० भन्दा बढि सहभागीहरूले आर्वा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेका स्थलहरूको अवलोकन गरेका थिए । आर्वाका स्थानिय युवाहरु केदार बराल, माधव बराल र विजयपुर पोखरी गाउँका मोती वि.कले हाइकिङ रुट देखाउन सहजीकरण गरेका थिए भने गाउँमा चण्डेश्वरी तमु आमा समुहकी अध्यक्ष धनकुमारी गुरुङ र पदाधिकारी तथा सदस्यहरु, स्थानिय आमा दिदीबहिनी लगायतले फुलगुच्छा र अविर खादाले हाइकर्स समुहलाई स्वागत गरेका हाइकिङ संयोजक रन पाटामगरले वताए ।
आमा समुहकी अध्यक्ष गुरुङले विजयपुर गाउँमा पोखराभित्रै पर्ने भए पनि नियमित बसको सुविधा नभएकोले आवतजावतमा कठिनाई भएको गुनासो गरिन् । उनले पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन र साँघुरो बाटो चक्लाउन आवश्यक रहेको बताईन् । महाप्रभुधाम विकास समितिका अध्यक्ष नुमराज बरालले निर्माणधिन धामको बारेमा स्वास्थ्यका लागि शारीरिक व्यायामसँगै पर्यटन प्रवद्र्धन, प्रकृतिप्रेम र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले वताए ।पदयात्रामा सहभागी हाइकर्सहरूले ग्रामीण क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई नजिकबाट नियाल्दै स्थानीय पर्यटनको सम्भावनाबारे समेत जानकारी लिएका थिए । यस्ता पदयात्राले स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिने पोखरा विश्वविद्यालयका प्राध्यापक युवराज त्रिवाठीले वताए ।
विगत ७ वर्षदेखी हरेक महिनाको अन्तिम शनिबार क्लबले नियमित रुपमा हाईकिङ कार्यक्रम गर्दै आएको छ भने आगामी दिनमा पनि पोखरा तथा आसपासका नयाँ–नयाँ पदमार्गको पहिचान, प्रवद्र्धन र पदयात्राका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रम पोखराको विजयपुर पोखरी गाउँमा…





