पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीमा रहेको खेलकुद प्रतिभालाई प्रोत्साहन उद्देश्यले आयोजित प्रतियोगितामा टेबल टेनिसतर्फ छात्रमा कक्षा १० का दिश्चन बस्याल प्रथम, कक्षा ९ सफल घर्तीमगर द्वितीय र कक्षा ९ कै आयुष वि.क तृतीय भए भने छात्रातर्फ कक्षा ८ की विनिसा तामाङ प्रथम, कक्षा ७ की केन्जल जि.सी द्वितीय र कक्षा ८ की आयुस्मा भुजेल तृतीय भएका छन् ।बुद्धिचालतर्फको खेलमा छात्रतर्फ कक्षा ८ का आदित्य लम्साल प्रथम, कक्षा १० का दिवस घिमिरे द्वितीय र कक्षा ७ का मुस्कान भण्डारी तृतीय भए । छात्रातर्फ कक्षा ९ की सोनाक्षी रसाइली प्रथम र सोही कक्षाकी अंकिता पौडेलले द्वितीय स्थान ओगट्न सफल भएका थिए ।
प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको कार्यक्रम संयोजक सहायक प्रधानाध्यापक नीलकण्ठ पौडेलले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले नियमित पढाइसँगै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयस्तरमै टेबल टेनिस र बुद्धिचाललाई प्राथमिकता दिँदै खेलकुद गतिविधि विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए ।
सोही अवसरमा स्कुलहरुको समूह सेक कास्कीद्वारा सञ्चालन गरिएको बुद्धिचाल प्रतियोगितामा विद्यालयका छात्र आदित्य लम्साल फस्ट रनर अप र छात्रातर्फ सोनाक्षी रसाइली सेकेण्ड रनर अप बन्न सफल भएका थिए ।उनीहरुलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिता सम्पन्न…





