पोखरा महानगरपालिका वडा नंं. २० मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वडा स्तरिय समिति गठन भएको छ ।
वडा कार्यालयमा बुधबार आयोजित स्थानीयको भेलाले मीना पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा रुपा नेपाली,बिष्णु वि.क, माया जिसी, सुजिता तामाङ, मणिराज परियार, विलासचन्द पौडेल, प्रहरी सहायक हवल्दार वुध्दिराज मजाकोटी, रेशम खत्री, दामोदर आचार्य र सदस्य सचिवमा वडा सचिव राम प्रसाद तिवारी रहेका छन् ।यसअघि कार्यक्रममा बोल्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले देशका बिभिन्न भागमा अझै पनि मानव बेचबिखनका घटना समस्याका रुपमा रहेको बताउँदै, त्यस्ता घटना हुन नदिन समाज र परिवार नै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले वडास्तरमा गठन भएको समितिले बिभिन्न संस्थाको सहयोगमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतनामुलक कार्य गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा परियोजना अधिकृत ईन्दिरा पराजुली, गुड सेफर्स इन्टरनेशनल फाउण्डेसनका मीना लिगललगायतले यस क्षेत्रमा बिभिन्न संस्थाले खेलेको भुमिकाको चर्चा गरेका थिए । उनीहरुले समाजमा यस्ता घटना हुन नदिन समितिसँगै स्थानीय सरकार चनाखो हुनुपर्ने बताए ।
वडाध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम प्रसाद तिवारीले गरेका थिए । कार्यक्रममा मानव बेचबिखन विरुद्धको अभियान र गुड सेफर्स इन्टरनेशनल फाउण्डेसनका प्रतिनिधीले सहजिकरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारतका स्थलसेनाध्यक्ष जनरल धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको…





