Screenshot
पोखरा, भदौ २
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपाल क्षेत्रीय कार्यालय फूलबारी, पोखराले अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा पोखरामा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
ब्रह्माकुमारीज संस्थाको सामाजिक सेवा प्रभागले नेपाल तथा भारतका विभिन्न स्थानीय सेवाकेन्द्रमार्फत भदौ ५ देखि ९ गतेसम्म राष्ट्रव्यापी ‘विश्व बन्धुत्व रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत पोखरा महानगरभित्र ब्रह्माकुमारीजको एकमात्र रक्तदान स्थलका रूपमा फूलबारीस्थित दिव्य शान्ति अनुभूति केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम २०८३ भदौ ६ गते शनिबार बिहान ७:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्वैच्छिक रक्तदानसँगै विशेष ज्ञानपान, योगध्यान तथा जलपानको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
ब्रह्माकुमारीजले स्वैच्छिक रक्तदानले अस्पतालमा आवश्यक रगतको आपूर्ति कायम राख्नुका साथै मानव सेवा, करुणा, एकता र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने जनाएको छ। विशेषगरी युवा पुस्तालाई रक्तदानको महत्वबारे जागरुक गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
आयोजकले इच्छुक सम्पूर्ण महानुभावलाई कार्यक्रममा सहभागी भई स्वैच्छिक रक्तदान गर्न तथा कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ।
कार्यक्रमको मूल सन्देश “रक्तदान गरौँ, जीवन बचाऔँ, मानवतामा विश्व बन्धुत्वको भावना जगाऔँ” रहेको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव ब्रह्माकुमार शैलेषराज बरालका अनुसार कार्यक्रम पोखरा शिवशक्ति मार्ग, फूलबारीस्थित दिव्य शान्ति अनुभूति केन्द्रमा आयोजना हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल…





