पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ ।
मा.वि. तहमा अध्ययनरत विद्यार्थी बिच आयोजना गरिएको कार्यक्रममा हरियो सदनबाट कक्षा ९ का छात्रा मेहुली मन्ना प्रथम, हरियो सदन कै कक्षा १० का छात्रा प्रिस्किला तामाङ द्वितीय पहेँलो सदनबाट कक्षा १० का छात्रा मञ्जिसा भुजेल तृतीय र रातो सदनबाट कक्षा ९ का छात्रा अर्चना रत्नले सान्त्वना स्थान प्राप्त गरिन् । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा रहेको क्षमतालाई प्रस्फुटन गर्न कार्यक्रम प्रभावकारी भएको बताए ।
उनले ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ नै विद्यालयको मुल मर्म रहेको बताउँदै, यस्ता कार्यक्रमले पढाईप्रति अझ बढी लगाव बढाउने बताए ।अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन अङ्ग्रेजी शिक्षक विपिन गौतमले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको…





