पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले १९ औं पुस्तकालय दिवसको अवसर पारेर त्रिदिवसीय कार्यक्रम गर्ने भएको छ ।
“बाल युवा र बृद्व ः पुस्तकालय सबैको गन्तव्य” भन्ने सन्देशसहित भदौ १५ मा मनाउन लागिएको १९ औं पुस्तकालय दिवसको अवसर पारेर संस्थाले त्रिदिवसीय कार्यक्रम गर्न लागेको जनाईएको छ । कार्यक्रम अन्तर्गत १३ गते पाठक अन्तकृया एवम् परिचर्चा, १४ गते प्रभातफेरी र पुस्तकालयको महत्व वारेमा मा.वि (९—१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा १५ गते दीप प्रज्ज्वलन कार्यक्रम गरी समापन हुने कार्यक्रम संयोजक विष्णुहरि पौडेलले जानकारी दिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । सबैको साथ र सहयोगले कार्यक्रम सफल हुने अपेक्षा गरेको कोषाध्यक्ष माधव भण्डारीले वताए ।तीन दिने कार्यक्रमका लागि कार्यसमिति सदस्य विष्णुहरि पौडेलको संयोजकत्वमा तयारी तिब्र पारिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा विविएस प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि…





