पोखरा, १४ भदौ २०८३
पोखरास्थित म्याजेस्टिक लेक फ्रन्ट होटलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग गरेको छ।
होटलका सञ्चालक युवा उद्दमी सुनिलबहादुर भट्टराईले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको जानकारी दिनुभयो।
हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका विपद्बाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा म्याजेस्टिक लेक फ्रन्ट होटलले राहत कोषमा आर्थिक सहयोग गरेको हो।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न निजी क्षेत्र तथा सर्वसाधारणलाई समेत अपिल गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





